काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका नेता दिपक बेपत्ता भएको छ। नेकपा उपत्यका व्युरो अन्तरगत १ नम्बर जिल्लाका सदस्य तथा काठमाडौं महानगर सेक्रेटरी दिपक सी कमदार र मालिकबीचको विवाद मिलाउन जाँदा दरबारमार्ग स्थित होटल अन्नपूर्णको गेट नजिकैबाट बेपत्ता भएका हुन् ।

ज्ञानेश्वरमा अवस्थित एनआरके नामक जिम हलका मालिक नवराज कार्की र कामदार सुशिल सिवाकोटी बिचको लेनदेन मिलाउन गएका बेलामा दिपक बेपत्ता भएको नेकपा काठमाडौं जिल्ला नम्बर १ ले जनाएको छ । आइतबार जिल्ला नम्बर १ इन्चार्ज गुरुबा सीले एक विज्ञप्ति जारी गर्दै दिपक सम्र्पविहिन भएको जनाएका हुन् । उनले विज्ञप्तिमार्फत घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका छन् ।

‘ज्ञानेश्वरमा अवस्थित एनआरके नामक जिम हलका मालिक नवराज कार्की बिच लेनदेनमा विवाद परेको कुरा हाम्रो पार्टीमा जानकारी भएपछि सहजिकरणका लागि मालिक नवराजसँग पटक पटक छलफल हुँदा पनि कामदारको लेनदेन भुक्तानी नभएपछि अन्तिम पटक फेरी स्वयम् नवराज कार्कीले नै छलफल गर्न दरवारमार्गको होटल अन्नपूर्णको गेटमा बोलाएर अपहरण शैलीमा बेपत्ता पारिएको घटना प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’, जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषिलाई कारवाही गर्न पार्टी सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । अन्यथा यस घटनाबाट सृजना हुने परिस्थितिकोे जिम्मेवारी स्वयम् नवराज कार्की हुने जानकारी गराउँछौं ।’