News Portal

फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही हुने

जनगर्जन संवाददाता
१८४ पटक

काठमाडौं, १८ साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।

हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

निर्देशनअनुसार काम नगरे कानुनबमोजिम कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्