News Portal

  • सम्झनामा खारा युद्ध ✍️

    सम्झना सी
    ५३७ पटक

    आजकै दिन कालोरातलाइ चिरेर सुनौलो बिहानी ल्याउने अभियानको एक रात चैत्र २५। जुन, बम बारुद र गोलिको रात। युद्धको मैदान २०६१ चैत २५ रुकुम खारा लडाइ भर्खर जस्तो लाग्छ।तर आज१८ बर्ष पुगेछ कमरेड जलन लगाएत धेरै कमरेडहरु सहिद हुनुभएको दिन, म लगाएत धेरै कमरेडहरु घाइते भै अङ्ग भङ्ग भएको समय ।रुकुम खाराको माटो रगतले भिजेको दिन ,आशुको कुलो बगेको समय । बम बारुदले धर्ती बिउझाउदै आकाश गर्जाएको दिन।

    आज पनि लाक्छ कमरेड जलन लगाएतका साथीहरू जनताको घर आग्नमा हिडदै होलान, परिवर्तनको भाका बोल्दै होलान कहि सेल्टरहरुमा पिटिपरेट खेल्दै होलान कि ?उकाली ओराली गर्दै होलान…? ।तर यो काल्पनिक कुरामात्र हो । हामी भौतिकबादि हौ, सत्य कुरा स्वीकारछौ । जनयुद्धका सहिद परिवार धेरैले आफन्तको शव आफ्नो आखाले देख्नु भएको छैन होला मलाइ पनि त्यो समय मिलेन।लडाइको बेला त्यो सम्भब पनि थिएन,हुँदैन पनि। हामित झन मृत्यु भन्दा मुक्ति प्यारो मानेर हिडेका मान्छेन परियो ।डाको छोडेर रुने ठाउ पनि पाएनौ, कसैको काखमा घोप्टिएर मन सितल बनाउने समय पनि उपलब्ध थिएन । पलपल समयको महत्त्व युद्धमा महत्त्वपूर्ण हुन्छ ।लडिरहेऔ, हिडिरहेऔं , भावनालाई आक्रोशमा बदलेऔ , पिडालाइ बदलाभावमा साटेउ, दुखलाइ बिचार सङ जोडेऔ नथाकेर हिडिरहेऔ । आमा बाबाले सन्तान गुमाएका, महिला हरुको सिउदो पुछिएको बच्चाहरु टुहुरा रअबिभाबक बिहिन भएका पिडादायी कथाको वर्णन गरि सकिदैन पनि।

    अपसोच, अहिले मुठिभरमान्छेहरुले आफ्नो बैभवको साम्यवाद आएको जस्तो महसुस गरिरहेकै छन । तर जस्ले मुटुमा तातो तिर रोपेको जसरी आफन्त गुमाउदाको पीडाले पोल्दा पोल्दै पचाएको थियो ती परिवारहरु आफ्नो आफन्तको पीडामा जलिरहेकाछन । सहिद परिवार र घाइतेहरु सरकार फेरबदल गर्ने बार्गेनिङका बस्तु बनाएका छन, हजारौंको बलिदानले ल्याइएको गणतन्त्रमा लुटेराहरुको हालिमुहालिछ । जनयुद्धलाई अपराधीकरण गर्दै जनयुद्ध लडने योद्धाहरुलाइ अपराधी घोषणा गर्न खोजिदै छ । पक्कै पनि ,जनयुद्ध कसैलाई दन्तेकथा जस्तो लाक्छ कसैलाई कुनै मजाक थियोकी जस्तो लाग्छ होला ?देश परिवर्तनको सपना बोकेर हजारौं युवा युवतीहरु आफ्नो जिवनको बेप्रबाह निसर्त लडेको युद्ध थियो जनयुद्ध । कुनै मुठिभर व्यक्तीको जिबन बदल्न होइन । बेपत्ता योद्धाहरु अझैसम्म पनी बेपत्ता नै हुनुहुन्छ ,ती बेपत्ता योद्धाका परिवारले आफ्नो पिडा कसरी खेपिरहेका होलान् ? १८ बर्षको यो समयले आफुलाइ बदलिरहेको छ,तर देश जनताको जीवन कतै बदलिएको छैन ।आउ,हातमिलाउ जनताको जीवन बदल्ने अभियान लाई सार्थक बनाऔं । जनक्रान्तिका सहिदहरुमा श्रद्धाञ्जली ! खारामोर्चामा घाइते भएका सहयोद्धाहरु सवैलाइ सम्मान सहित विशेष सम्झना गर्दछु ।धन्यवाद !
    २५ चैत २०७९

    प्रतिकृया दिनुहोस्