News Portal

  • सातौं भक्तपुर औधोगिक महोत्सवमा चैत्र २६ गते लोकप्रिय गाहिका अस्मिता अधिकारी लगाएत चर्चित राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति दिदैं

    जनगर्जन संवाददाता
    १५३ पटक

    काठमाण्डौँ, चैत्र २५ |

    औधोगिक शान्ति नेपाल संस्था तथा मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीमा सुरु भएको सातौं भक्तपुर औधोगिक महोत्सवमा चैत्र २६ गते आईतवार लोकप्रिय  गायिका अस्मिता अधिकारी ,शोभा त्रिपाठी , रितु कडेंल गायक महेश काफ्ले कर्णराज गिरि सरोज लामिछाने ,रमेश श्रेष्ठ  मेलोडी , अनित बिष्ट लगाएत  स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारि दिनु भएको छ ।

    उक्त मेला बैशाख ४ गतेसम्म चल्नेछ। मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ७० र ५० मात्र रहेको मेला आयोजक समितिका अध्यक्ष सन्दिप महतले जनकारी दपनु भएको  छ। औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत, बरिष्ठ उपाधक्ष्य राज कुमार खड्का, उपाध्यक्ष बिनोद जैसवाल, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द र कार्यलय सचिब जिबन नेपाल रहेका छन्।

    मेलाको अन्तिम दिन अर्थात बैसाख ४ गते बिशेष कन्सर्ट कार्यक्रम रहनेछ जसमा युवापिडिका चर्चित र्यापर जिबबको समेत प्रस्तुति रहनेछ भने उक्त दिनको प्रवेश शुल्क टिकेट मूल्य भने रु २०० रहने कोषाधक्ष्य प्रितम मल्लले जानकारी गराएका छन्। महोत्सबको संयोजक जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष युवा नेता दिपक थापा र निर्देशकको रुपमा मध्यपुर व्वाईज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य रहेका छन्।

    महोत्सबमा खुला नृत्य प्रतियोगिता समेत आयोजना हुँदैछ भने प्रतियोगितामा बिजेताहरुले क्रमश: ३० हजार, २० हजार, १० हजार र ३ हजार नगद रुपैयाँ पाउनेछन।

    प्रतिकृया दिनुहोस्