News Portal

  • गोल्डेन सुनगाभा स्कुलले आफ्नो २५ औं वार्षिकोत्सव भब्यरुपमा मनाउदैं

    जनगर्जन संवाददाता
    १८९ पटक

    भक्तपुर, ५ फागुन २०७९

    गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कूल स्थापनाको २५ वर्ष पुगेको अवसरमा विद्यालयले रजत महोत्सव मनाउने तयारी पूरा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी विद्यालयले जानकारी गराएको हो ।

    यहि फागुन ७ गतेदेखि एक साता सम्म बिबिध रचनात्मक कार्यक्रम गरी रजत महोत्सव मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक महेश गौतमले जानकारी गराएका छन् । पहिलो दिन फागुन ७ गते विद्यार्थीहरुबीच पिटी प्रतियोगिता हुने र अभिभावकहरुबीच खेलकुद प्रतियोगिता आयोजना गर्ने , बिहानै विद्यार्थी, अभिभावक सहित शिक्षकहरुले वाकाथुन गर्ने ,दोस्रो दिन ८ गते गायन र नृत्य आइडलको फाइनल , तेस्रो दिन ९ गते विद्यार्थीहरुलाई नेपाली मौलिक खाना, कलासँस्कृति र भेषभुषाको बारेमा जानकारी दिने बिबिध खानाका स्टल सहित सास्कृतिक मेला एवं कला र विज्ञान प्रदर्शनीको आयोजना गरिने ,महोत्सवको चौंथो दिन १० गते सामाजित सचेतनामूलक सडक नाटक चोकचोकमा प्रदर्शन गर्ने ,२० मिनेटको नाटक निकोशेरा, दुवाकोट मोड, दुवाकोट हाईट र व्यासीमा गरी चार स्थानमा प्रदर्शन गरिने , पाँचौं दिन ११ गते विद्यार्थीमा अरुलाई सहायता गर्ने संस्कृति बिकास गर्न मुठ्ठी दानको कार्यक्रम मार्फत प्राप्त हुने दानलाई संकलन गरी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने ।विद्यार्थीहरुमा सेवाभाव जगाउने र उनीहरुलाई नैतिकवान र सामाजिक बनाउने उदेश्यले हरेक विद्यार्थीहरुलाई एक मुठी चामल, एउटा आलु र प्याज जस्ता तरकारी दान दिन प्रेरित गरिएको र त्यसलाई मानव सेवा आश्रमलाई दान गरिने विद्यालयले तयारी गरेको छ ।

     

    महोत्सवको छैंटौं दिन १२ गते कक्षा नर्सरीदेखी कक्षा ३ सम्म अभिभावक दिवस घोषणा गरी सो तहका विद्यार्थीका बिबिध प्रतिभा प्रस्फुटन गराइने ,सातौं दिन १३ गते कक्षा ४ देखी कक्षा १० सम्मको लागि अभिभावक दिवस त्यस दिन सो तहका विद्यार्थीका बिबिध प्रतिभा प्रस्फुटन गराइने बताइएको छ ।

    अभिभावक दिवसका अवसरमा सो विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई सम्मान गर्ने , विद्यालयलाई यो उचाइमा पुर्याउन योगदान गर्ने पूर्व सस्थापक, पूर्व अध्यक्ष, पूर्व प्रिन्सिपल लगायतलाई पनि सम्मान गर्ने विद्यालयले तयारी गरेको छ ।

    पत्रकार संग कुरा गर्दै विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले वि. सं. २०५३ सालमा ५० जना विद्यार्थी लिएर शुरु गरेको विद्यालयले अहिले १ सय २० जनालाई निशुल्क पढाउँन समेत सफल भएको जानकारी गराए । विद्यालय सञ्चालक पक्षले विद्यालयलाई सेवामूलक बनाएको जिकिर गर्दै उनले स्वरोजगारमूलक उदेश्य रहेकोले नाफामुखी नभएको प्रष्ट पारे । सञ्चालक शिक्षण पेशामा लामो समयदेखि रहेकाले स्थानीयले विश्वास गरेका र हाल ८ सय बढी विद्यार्थी विद्यालयमा अध्यनरत रहेका उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्