भक्तपुर, मंसिर ६
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता कायम राख्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अहिले साँझ ९ बजे सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार थापाले १८ हजार २६१ मत प्राप्त गर्नुभएको छ ।
उहाँ निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतको १७ हजार ४२३ मत रहेको छ । थापा बस्नेत भन्दा ८५८ मतले अघि रहेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो ।
त्यसैगरी नेमकिपाका अनुराधा थापामगर ४४६८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३०९१ मतका साथ चौंथो र राप्रपाका मोहन केसी १८४६ मतका साथ पाँचौं स्थानमा छन ।
भक्तपुर २ मा ६५ हजार ९१९ मत खसेको थियो । यहाँ ४८ हजार १६० मत गणना भएको छ । भक्तपुर २ मा हालसम्म एक हजार ५३७ मत बदर भएको पराजुलीले बताउनुभयो
भक्तपुर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाको अग्रता कायम
जनगर्जन संवाददाता
- बडिगाड दलित संजालको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा पुर्ण ब. बि.क
- अबको क्रान्ति भनेको कृषि क्रान्ती हो :- विप्लव सी
- महासचिव को विशेष उपस्थितिमा नेकपा केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा चैते धान रोपाइँ सुरु
- विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने
- शिवराज नगरपालिका ९ कपिलवस्तुको सिद्ध पैरामा आगलागी हुँदा ४ घर गोठ जलेर नष्ट
- देशलाई सैन्य अखाडा बनाउने अमेरिकी सपना पुरा हुन दिदैनौ :- विप्लव
- विप्लव सी लाई कैलालीको लम्कीमा भब्य स्वागत
- संचारकर्मी दिलिप कडेल द्धारा पत्रकार बस्याल माथि जातीय विभेद
- नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्यूरो बैठक सुरु
- इलाममा सुहाङ नेम्वाङको उम्मेदवारीमा नेकपाको समर्थन – वक्तव्य