News Portal

  • मिसन साकोसाको ११औँ साधारणसभा सम्पन्न

    जनगर्जन संवाददाता
    १४९ पटक

    मिसन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ अौं साधारणसभा सम्पन्न भएको छ । बनेपामा सम्पन्न साधारणसभा को प्रमुख अथिति आरम्भ कृषि सहकारी संस्थाका सचिव जगन्नाथ डुम्रेको विशेष उपस्थितमा रहेको थियो भने अतिथि हरुमा उर्गतिर्थ साकोसा सञ्चालन समितिका सदस्य ,मोहन बहादुर गजुरेल,सुडेश्वर साकोसाका सदस्य रामेश्वर खत्री,गोकर्णश्वर न.पा इन्जिनियर समीर खनाल , Access Academyका संञ्चालक नेपाल पत्रकार महासङ्घका भक्तपुर शाखा सदस्य निराजन सिलवाल ,मिसन सहकारी का निवर्तमान अध्यक्ष सुमन धिताल लगाएतको विशेष उपस्तिथि रहेको थियो । साधारणसभाले संस्थाका अध्यक्ष प्रेम बहादुर शाहीले परस्तु गर्नु भएको  विभिन्न निति तथा कार्यक्रमहरु पारित गर्दै सम्पन्न भएको छ ।

    लेखा समितिको प्रतिवेदन तथा प्रगति विवरण का साथै आ.०७९/८०को लागि नीति तथा वजेटका कार्यक्रम यसको कार्यक्षेत्र विस्तार तथा रजिस्ट्रार कार्यलय स्थान्तरण , विनियम एवं लेखन लगाएत आवश्यक कार्यविधिहरु समेत पारित गरेको छ । मिसन सहाकारीको लक्ष्य आगामी दिनमा एक घर एक सेयर ,लधुवित्त कार्यक्रम मोवाईल, QR कोर्ड जस्ता सुविधा लागू गर्ने, यसका सेवाहरु विस्तार गर्दै जाने साथै बाल बचत केन्द्रित कार्यक्रम तत्काल लागू गर्ने बारेमा अध्यक्ष प्रेम बहादुर शाहीले जानकारी गराउनु भयो।कार्यक्रममा प्रस्तुत सबै निति तथा कार्यक्रम पारित गर्दै कार्यक्रम भब्यरुपमा सप्पन्न भएको छ।

    प्रतिकृया दिनुहोस्