News Portal

नेकपा काठमाडौंको १२ औं जिल्ला सम्मेलनको उद्घाटन सम्पन्न

जनगर्जन संवाददाता
३२३ पटक

काठमाडौं भाद्र १६ । नेपाल कम्युनिष्ट पार्टीका  काठमाडौंको १२ औं जिल्ला सम्मेलनको उद्घाटन सम्पन्न भएको छ । जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं  जिल्ला इन्चार्ज माइला लामाले नेकपाप्रतिको जनताको विश्वासिलो भावनालाई पूरा गर्न सम्पुर्ण कम्युनिष्टहरूले दृढ संकल्प लिएर लाग्नु पर्ने बताए ।
बिहीबार काठमाडौंमा आयोजित नेकपा जिल्ला समिति काठमाडौंको १२ औं जिल्ला सम्मेलनमा सम्वोधन गर्दै जनताको आशालाई कम्युनिष्टहरूले गम्भीरतापूर्वक लिएर पूरा गर्न लाग्नु पर्ने बताएका हुन् ।नेता लामाले , “ दलाल पूँजीवादी संसदिय व्यवस्थालाई चिहानमा गाडेर त्यहीबाट वैज्ञानिक समाजवादको स्थापना गर्नु हाम्राे प्रमुख लक्ष्य हो ।” कम्युनिष्ट आन्दोलनमा समाहित हुने नेता कार्यकर्तामा वर्गीय पक्षधरता, प्रतिवद्धता, व्यक्तिगत जीवन भन्दा माथि उठेको निस्वार्थ  गुणहरु अनिवार्य रूपमा हुनुपर्छ अन्यथा उसलाई कम्युनिष्ट मान्न नसकिने नेकपा केन्द्रित सदस्य लामाको भनाई थियो । कम्युनिष्टहरूले सामुहिक उत्पादन र क्रान्तिलाई सङ्गै जोडेर अगाडि बढ्नु पर्ने उनले बताए ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित  रहनुभएका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपालको संबिधान  अर्थपूर्ण नरहेको बताए । नेपालको संबिधानमा जस्ताे लेखिएको छ त्यसको कार्यान्वयन हुदैँन यस अर्थमा यो औचित्यहिन रहेको उनको भनाइ थियो । साथै जनतालाई न्याय दिने कानुनी निकायहरु दलाल संसदिय व्यवस्थाकै कारण स्वतन्त्र भनिने न्यायलय पनि भ्रष्टाचार, कमिसन खाने अखडाको रुपमा बद्लिएको छ ।

अधिवक्ता भन्डारीले भने, “सरकारले नेकपासँग गरेको तीन बुँदे सहमतिलाई गैरजिम्मेवारीपूर्ण ढंगले उल्लंघन गर्दै नेकापाका नेताहरुमाथि पक्राउ पुर्जी जारी गरिरहेको छ । जो आफैमा जनताको हक अधिकारको लागि र देशको स्वाधीनताको रक्षार्थ लडिरहेको पार्टीमाथिको षड्यन्त्र हो ।” राजनीतिक रूपमा सहमति भएको सम्झौतालाई सरकारले हुबहु लागु गर्नुपर्ने उनले बताए । नेपालमा हरेक राजनीतिक दलको वरिपरि दलालहरु छन् । उनीहरूले नै देशको कानुन र प्रशासनलाई हातमा लिएर कानुनको गलत प्रयोग गरिरहेको अधिवक्ता एकराज भण्डारीको जिकिर थियो

नेकपाका काठमाडौं सेक्रेटरी  तुल्सीनारायणको अध्यक्षतामा भएको सम्मेलनमा अतिथिको बक्ताक  रूपमा  नेकपा केन्द्रीय सदस्यीय तथा भक्तपुर इन्चार्ज क. आस्था , काठमाडौं पुर्व सेक्रेटरी क.विपिन अखिल नेपाल जन सांस्कृतिक महासघका केन्द्रीय महासचिव कुशल वोगटी , अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव राजकुमारी शाही, मगर मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुर्दशन मोगंल नेवा मुक्तिमोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन युवा सङ्गठनका केन्द्रिय महासचिव सावित्रा अधिकारी, जनपत्रकार संगठन नेपालका महासचिव आलोक लामा लगायत विभिन्न जनवर्गीय संगठन तथा पार्टीका नेताहरुको सहभागीता  रहेको थियो नेकपाले पछिल्लो समय पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा देशैभरि जुटेको छ ।

प्रतिकृया दिनुहोस्