News Portal

  • विप्लव नेतृत्वको नेकपा सहित चार कम्युनिस्ट पार्टीहरूले बन्दको पुर्व सन्ध्यामा देशैभर निकाले मसाल जुलुस

    जनगर्जन संवाददाता
    २४३ पटक

    काठमाडौँ -भाद्र ६ । नेत्रविक्रम चन्द `विप्लव` नेतृत्वको नेकपा लगाएत चार कम्युनिस्ट पार्टीले  मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा लगायत देशैभर  मसाल जुलुस निकालेको छ ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महँगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।

    चार कम्युनिस्ट पार्टीहरुको संयुक्त मोर्चाले भोलि को बन्द सफल पारौ! ने क पा र सरकार बिच भएको ३ बुदे सहमति लागु गर!  महासचिव क बिप्लब लगाएत नेता कार्यकर्ता माथि जारी गरेको पक्राउ पुर्जी खारेज गर !एमसीसी, एसपीपी, लगाएत रास्ट्रघाती सम्झौता खारेज गर! बढदो महङ्गी नियन्त्रण गर जस्ता नारा लगाइ मशाल जुलुस गरेका हुन ।

    प्रतिकृया दिनुहोस्