News Portal

  • नेकपा धादिङद्वारा नेपाल बन्दको पुर्वसन्ध्यामा निकाल्यो मसाल जुलुस

    जनगर्जन संवाददातामिति : ६ भदौ, २०७९
    ३३३ पटक
    मिति : ६ भदौ, २०७९

    धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले भोलिको नेपाल बन्दको पुर्वसन्ध्यामा मसाल जुलुस निकालेको छ । राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, महङ्गी र तीन बुँदे सम्झौता विपरीत शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको पक्राउ पुर्जी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो।

    झुट्टा मुद्धा खारेज, तीन बुँदे सम्झौता कार्यान्वयन, राज बन्दीहरु रिहाई, राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक खारेजी लगायतको माग राखी नेपाल कम्युनिस्ट पार्टी लगायत चार पार्टी सम्मिलित मोर्चाले नेपाल बन्दको आयोजना गरेको हो।

    नेपाल बन्दको पुर्वसन्ध्यामा केन्द्रीय राजधानी काठमाडौं छिर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग स्थित धार्के बजारमा मसाल जुलुस निकालेर बजार परिक्रमा गरि कोणसभामा परिणत गरेको हो ।

    प्रतिकृया दिनुहोस्