News Portal

  • चार कम्युनिस्ट पार्टीहरुद्धा काभ्रेमा संयुक्त विरोध प्रर्दशन ।

    जनगर्जन संवाददाता
    ४३३ पटक

    राष्ट्रघाती एमसीसी,एपीपी, बढ्दो महङगी, मुल्यबृदी र नेकपा संग गरिएको तीन बुदे सम्झौताको यथासिघ्र कार्यन्वयनका लागि संयुक्त बिरोध प्रदर्शन काभ्रेमा सम्पन्न भएकोछ ।

    चार कम्युनिस्ट पार्टीहरुद्धारा आयोजित विरोक कार्यक्रममा  सम्बोधन गर्दै  बिप्ल्व नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  काभ्रे जिल्ला सेक्रेटरी क. प्रेरकले अहिले राष्ट्रियता अत्यन्तै संकटमा परेको संसदवादी दलहरूका नेताहरु अमेरिकी साम्राज्यवादको डर, धम्कि  र केही सिमित स्वार्थमा परि राष्ट्रघाती एमसीसी, सम्झौता पारीत गरि देशलाइ नवउपनिवेशमा प्रवेश गरायको र त्यसको बिरोध गर्ने शक्तिहरु माथी विभिन्न खाले धरपकड, षड्यन्त्र र जालझेल गरि फसाउदै दमन गर्न खोजेको भन्दै आक्रोश पोखे ।

    अहिले हाम्रो पार्टीले दलाल संसदीय व्यवस्थाले राष्ट्रमा निम्त्याएका आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक संकटको उचित निकासका लागि उचित पहल गर्दा र राष्ट्रियता, जनतन्त्र, जनजिविका भ्रष्टाचार, अनियमितता, मुल्यबृधी, महङगि सामाजिक बिभेद, महिला हिंसा, सिमाअतिक्रमण, प्राकृति श्रोतसाधनको अत्यधिक दोहनको व्यापक भन्डाफोर र बिरोध गर्दा दलाल राज्यव्यवस्था अत्तालियर हाम्रो पार्टीका नेताकार्यकर्ता माथी पक्राउ पुर्जी जारी गरेको छ । यस्तो खाले सबै प्रकारका षड्यन्त्रहरु हाम्रो पार्टीले चकनाचुर पारिदिने समेत जिकिर गरेका थिए ।

    दलाल संसदीय व्यवस्था अन्तिम परिस्थितिमा पुगेकोछ । यो राष्ट्रघाती दलाल संसदीय व्यवस्था सबै मिलेर मिल्काउनुपर्ने भने आईसकेकाले ढिला गर्न नहुने कुरामा जनता सचेत हुनु पर्ने उनको धारण थियो । विरोध सभामा बोल्दै नेकपा माओवादी समाजवादीका स्थायी समिती सदस्य क. दिपक जंगमले नेकपा माथी सेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तीन बुदे सम्झौताको कार्यन्वयन गरि जेलमा रहेका नेकपाका  सम्पुर्ण नेताकार्यकर्ताको मुद्दा फिर्ता लिइ यथासिघ्र रिहाइ गर्नुको सट्टा उल्टै पक्राउ पुर्जी जारी गरि देशलाइ दन्द तिर धकेल्न खोजेको आरोप लगाए । नेकपाले तीन बिदे सम्झौताको सहि रुपले पालना गरिरहेको तर सरकारले जानिजानी मुलुकलाइ अनावश्यक दन्दतिर धकेल्न खोजेको भन्दै तत्काल तीन बुदे सम्झौताको कार्यन्वयन गर्न अनुरोध गरे अन्यथा हामी चुप लागेर नबस्ने समेत जनाय ।

    यहि भाद्र सात गते संयुक्त चार दलले जारी गरेको नेपाल बन्दलाइ भब्यरुपले सफल बनाउन सबै ब्यवसायी, उधोमी र आम जनतालाइ सहयोग गर्न पनि अनुरोध गरे । उक्त कोणसभाको संचालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज दयाराम लुवारले गरेका थिय ।  बनेपा बसपार्क देखि सुरु भयर चारदोबाटोमा पुगेर कोणसभा गरि सम्पन्न भयको थियो ।

     

    प्रतिकृया दिनुहोस्