News Portal

  • नेपाल कम्युनिस्ट पार्टी रसुवाले बुझायो ज्ञापनपत्र

    जनगर्जन संवाददाता
    ३३६ पटक

    रसुवा भाद्र १। चार कम्युनिस्ट पार्टीको सुयुक्त  दलिय मोर्चाको तर्फबाट नेकपा रसुवाका सेक्रेटरी क.विराजको नेतृत्वमा ३ बुदे सहमति कार्यान्वयन MCC/SPP र चरम मुल्य वृद्धिको विरोधमा रसुवाका प्रजिअ नवराज जैसी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ ।

    उक्त अबसरमा युवा संगठनका क. स्याटो , जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख , नेपाली सेनाका मेजर, सहायक सिडिओ लगाएको उपस्थिति थीयो । सेक्रेटरी विराजले राज्यले जबर्जस्त द्वन्द्व निम्त्याउन खोजेेको आरोप लगाउदै नेकपाका महासचिव विप्लव प्रवक्ता प्रकाण्ड सचिवालय सदस्य विषम लगाएतलाई जिल्ला अदालत ललितपुर बाट वारेन्ट जाहेर गर्नु ३ वुदे सहमति विरुद्ध भएकाले तुरुन्तै मुद्दा खारेज नगरे पार्टीले कडा कदम चाल्ने र त्यसको जिम्मेवार राज्य हुने चेेताबनी दिनु भयो । सिडियो नवराज जैसीले सकभर शाान्तितिपुर्ण कार्यक्रम गर्न सुझाव दिनु भयो ।

    प्रतिकृया दिनुहोस्