News Portal

  • नेकपा धादिङले बुझायो ज्ञापनपत्र

    जनगर्जन संवाददाता
    ३८६ पटक

    धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङले जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत ज्ञापनपत्र बुझाएको छ।

    महासचिव विप्लव लगायत नेताकार्यकर्ताका विरूद्व ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी जारी गरेपछि नेकपा लगायत ४ कम्युनिस्ट पार्टीद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ। सोही अनुसार आज भाद्र १ गते ज्ञापनपत्र बुझाएको हो।

    २०७७ फागुन २१ गते सरकार र नेकपाबिच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, आस्थाका बन्दीहरूको रिहा, झुट्टा मुद्वा खारेज, महंगी नियन्त्रण गर्नुपर्ने र MCC/SPP परियोजना खारेजी लगायत ४ बुँदे माग राखी नेकपाका जिल्ला सेक्रेटरी सृजनको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत ज्ञापनपत्र बुझाएको हो।

    प्रतिकृया दिनुहोस्