News Portal

  • जिल्ला स्तरीय अन्तर विद्यालय वक्तृत्वकलामा डेन्श इन्टरनेशनल स्कूलकी छात्रा युनिसा श्रेष्ठ प्रथम

    जनगर्जन संवाददाता
    ३२० पटक

    भक्तपुर । जिल्लाब्यापी अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा भक्तपुर डेन्श इन्टरनेशनल स्कूलकी छात्रा युनिसा श्रेष्ठ प्रथम भएकी छन् ।

    ‘फोहोर ब्यवस्थापनमा मेरो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ५५ विद्यालयका सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै सूर्यविनायक- ३ बाल्कोट, नयाँबस्तीस्थित डेन्श सेकेन्डरी स्कूलको कक्षा १० मा अध्ययनरत छात्रा युनिसा प्रथम भएकी हुन् । जिल्ला प्याब्सन भक्तपुरको आयोजनामा बिहीवार चुनदेवी स्थित प्याब्सन सभाहलमा बिहीबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा भक्तपुरका ५५ स्कुलले भागलिएका थिए । प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत समेत गरिएको थियो ।

    प्रतियोगितामा नोबेल स्कूलका सविन घिमिरेले द्वितीय स्थान प्राप्त गरेका थिए भने ग्ल्याड्स्टोनकी निप्ता भट्टराईले तृतीय स्थान प्राप्त गरेकी थिइन् । प्रतियोगितामा सान्त्वना समेत गरी १० जनालाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्