News Portal

  • धादिङका ‘बेगे’ पक्राउ, ३ थान पेस्तोल, ४ किलो सुन समेत बरामद

    जनगर्जन संवाददाता
    २६४ पटक

    काठमाडौं । धादिङका बेग बहादुर तामाङ ‘बेगे’ पक्राउ परेका छन् । लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा पक्राउ परेका ‘बेगे’ को घरबाट ३ थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

    उनी ग १ ज ६७५३ नम्बरको मस्ताङ फोर्स गाडीमा धादिङ आउँदै थिए । पछाडी सिटमा यात्रा गरि आएका उनको साथबाट शुरुमा एक किलो फाइन गोल्ड (सुन) १ थान, ५० को ९७ वटा अमेरिकी डलर, सय दरको १६३ वटा अमेरिकी डलर फेला परेको थियो ।

    पक्राउपछि बयान दिने क्रममा थप शंकाष्पद देखिएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । उनको घर खानतलासी गर्न प्रहरी इन्सपेक्टरको टोली खटाएको थियो । घर खानतलासी गर्दा एक थान अमेरिकी पेस्तोल, एक थान चाइनिज पस्तोल र एक थान कटुवा पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ ।

    उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि बरामद भएको थियो । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान बिस्कुट आकारको सुन समेत फेला पारेको छ । प्रहरीका अनुसार उनको साथबाट ४ किलो सुन बरामद भएको छ । उनीसँगै प्रहरीले शोभा तामाङलाई पनि पक्राउ गरेको छ । स्रोतका अनुसार पक्राउ परेका तामाङ नेकपा एकीकृत समाजवादी निकट हुन् ।

    प्रतिकृया दिनुहोस्