News Portal

  • विप्लव र प्रकाण्डको नाममा ३५ दिने पक्राउ पुर्जी जारी

    जनगर्जन संवाददाता
    २४८ पटक

    काठमाडौं । नेकपाका महासचिव विप्लव सहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

     

    जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरू भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, मोहनबहादुर कार्की, उदयबहादुर चलाउने ३५ दिन भित्र अदालतमा हाजिर हुनपर्ने छ । उनीहरू विरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा छ ।

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन ललितपुर जिल्ला अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ता तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

    तत्कालीन केपी ओली नेतृत्वको सरकार २०७५ फागुन २८ गते चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। २०७७ फागुन २१ गते ओली सरकारसङ्ग तीन बुँदे सहमति गरेर प्रतिबन्ध हटाए पनि नेकपाका नेताकार्यकर्ता विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन, जसका कारण अदालतले समय समयमा नै उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्