News Portal

  • उपत्यकासहित देशभर  एमसीसी र एसपीपीविरुद्ध बृहत मसाल जुलुससहित प्रदर्शन

    जनगर्जन संवाददाता
    २९२ पटक

    काठमाडौं: देशका  विभिन्न ठाउँमा चार दलिय रणनीतिक संयुक्त मोर्चाले पूर्वनिर्धारित एमसीसी, एसपीपी , नागरिक्ता विधेक लागयका सरकारका गलतकामका विरुद्ध  मशाल जुलुश कार्यक्रम सम्पन्न गरेका छन् ।

    काठमाडौं उपत्यका भित्र बागबजार, कोटेश्वर, बानेश्वर, रत्नपार्क,  कलंकी, चावहील, भक्तपुरको लोकन्थली, ललितपुरको लगनखेल लगायतका स्थानहरुमा चार दलिय रणनैतिक संयुक्त मोर्चाले आह्वान गरेको मसालजुलुस कार्यक्रममा तिनका भातृ संगठन जवस मोर्चाहरुले सम्वोधन गरेका थिए ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता विधेयक, अमेरिकी सहयोग परियोजना एमसीसी र सैन्य मोर्चा एसपीपीविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

    मसाल जुलुसमा एमसीसी मुर्दावाद, एसपीपी खारेज गर, नागरिकता विधेयक खारेज गर, चार दलिय मोर्चा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नाराहरू लगाएका थिए ।

    प्रतिकृया दिनुहोस्