News Portal

  • भाद्र ११ र १२ गते जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

    जनगर्जन संवाददाता
    ३८४ पटक

    काठमाडौं । संगठनको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौंमा

    जनपत्रकार संगठन नेपालको विस्तारित बैठक सम्पन्न भएको छ । मंगलबार काठमाडौं स्थिति पद्मकन्या क्याम्पसमा सम्पन्न संगठनको केन्द्रिय समितिको विस्तारित बैठकले संगठनको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।

    “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिबद्धता! मानव अधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारिता !!” भन्ने नारा सहित संयोजक शेरबहादुर बिश्वकर्माको अध्यक्षता तथा सञ्चालन र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको विशेष उपस्थितमा भएको बैठकमा केन्द्रिय सचिवालय सदस्य विषम, संगठनका फ्याक्सन इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य प्रज्वलन र केन्द्रिय सदस्य सुशील ओलिको उपस्थिति रहेको थियो ।

    नेपाली पत्रकारितामा देखा परेका समस्या र जनपक्षीय पत्रकारहरुका जिम्मेवारी, वर्तमान सत्तामा देखिएका संकट र समाजवादी क्रान्तिको भविष्य र नेपालको स्वाधिनता माथी बढ्दै गएको साम्राजवादी हस्तक्षेप बारे महासचिव विप्लवले प्रशिक्षित गर्नुभएको थियो । अतिथिहरु सन्तोष बुढा र प्रज्वलनले पनि प्रशिक्षण मुलक मन्तव्य राखेका थिए।

    बैठकले चौथो राष्ट्रिय सम्मेलनका लागि विभिन्न समितिको गठन पुनर्गठन र केन्द्रिय सदस्यहरुका  कार्यक्षेत्र समेत हेरफेर समेत गरेको छ। बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले आ-आफ्नो फिल्डको मौखिक रिपोर्टिङ गरेका थिए भने आमन्त्रित सदस्यहरुले अनुभुती , प्रतिबद्धता र सुझाव सहितको धारणा राखेका थिए ।

     

    प्रतिकृया दिनुहोस्