News Portal

  • एउटै नम्बरका दुई वटा मोटरसाइकल, खोजीकार्य तीब्र पार्दै ट्राफिक प्रहरी

    जनगर्जन संवाददाता
    ३६१ पटक

    काठमाडौं : गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ।

    एकैठाउँमा एउटै नम्बरको दुई वटा मोटरसाइकल भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो। तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए।

    उनले भने,‘खोजीकार्यपछि सक्कली नम्बरको बाइक फेला पारेका छौँ, नक्कली बाइकको खोजी भइरहेको छ।’ बाइक नम्बर कसरी मिल्यो भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने उनले बताए।

    प्रतिकृया दिनुहोस्