News Portal

  • चार सयको स्पिडमा काम गर्ने नवनियुक्त मन्त्री चौधरीको घोषणा

    जनगर्जन संवाददाता
    ३०६ पटक

    काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो काम सुस्त नहुने, तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् ।

    उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए । उनले भने ‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ। ६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’

    पद तथा गोपनियताको सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदभार सम्हादै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे ।

    प्रतिकृया दिनुहोस्