News Portal

  • नेकपा धादिङको पाँचौं पुर्ण बैठक सम्पन्न।

    जनगर्जन संवाददाता
    ४७१ पटक

    मिति :- ६ असार, २०७९ सुन्दर लामा धादिङ :

    नेपाल कम्युनिस्टल पार्टी धादिङको पाँचौं पुर्ण बैठक नवौं राष्ट्रिय महाधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णयसहित बैठक सम्पन्न गरेको छ।

    असार ५ गते आइतबार जिल्ला सदरमुकाम धादिङवेशी स्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा बसेको बैठक जिल्ला पार्टी सेक्रेटरी सिर्जनको अध्यक्षता सम्पन्न भएको थियो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज माइला लामाको प्रमुख आतिथ्यता, पुर्व जिल्ला सेक्रेटरी कुशल बोगटी र विशेष जिल्ला सेक्रेटरी मिङ्मारको उपस्थित रहेको थियो।


    बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले पार्टी क्रान्ति प्रति प्रतिबद्ध रहेकोले बाहिरी हल्लाको पछि नलागी पार्टीको केन्द्रीय निति अनुरुप कामकारबाही अगाडी बढाउन पर्ने बताउनु भयो । आफ्नो पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको स्विकार्दै लामाले भन्नू भयो ” बाहिर हल्ला गरेको जस्तो हाम्रो पार्टी संसदवादी नभएकोले कार्यकर्ता र शुभचिन्तकहरु निरास हुन जरुरी छैन। आगामी चुनावमा पनि पार्टी दर्ता गरेर चुनावमा भाग लिदैनौ।”


    इञ्चार्ज लामाले पार्टीको ९औं राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर महाधिवेशन विशेष अभियानमा लाग्न जिल्लाका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए। बैठकमा जिल्ला पार्टीका पुर्व सेक्रेटरी सुमन क्षेत्री , विशेष जिल्ला सेक्रेटरी मिङमारले पाँचौ जिल्ला बैठकलाई सम्बोधन गर्नु भएको थियो बैठकको अन्त्यमा पुर्व जिल्ला सेक्रेटरी सुमनलाई बिधाई गरिएको थियो। बैठक जिल्ला पार्टी कार्यलय धादिङबेशीमा भएको थियो

    प्रतिकृया दिनुहोस्