News Portal

  • भारतले १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने

    जनगर्जन संवाददाता
    ८१४ पटक

    ७ वैशाख, काठमाडौं । भारत सरकारले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागु हुने छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ । यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

    एक मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय सरकारले गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

    भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र प|mन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५ वर्षभन्दा माथिका लागि मात्रै खोप दिइएको थियो ।

    सुरुमा भारत बायोटेक र सिरम इन्सटिच्युटको खोपलाई भारतले अनुमति दिएको थियो । पछिल्लो पटक विदेशमा बनेको स्पुततिक भ्याक्सिनलाई पनि आपतकालीन प्रयोगको अनुमति भारतले दिएको छ ।

    प्रतिकृया दिनुहोस्