News Portal

पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) का शाहीको उम्मेदवारी

जनगर्जन संवाददाता२०८१ फाल्गुण २८
१९८ पटक

काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियू निर्वाचन नजिकिँदै गर्दा पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाही सभापति पदका उम्मेदवार बनेका छन्। उनीसहितको २१ सदस्यीय प्यानलले विधिवत रूपमा उम्मेदवारी दर्ता गराएको छ।

शाहीले विद्यार्थी एकताको आह्वान गर्दै शिक्षाको गुणस्तर सुधार, समस्या समाधान र विद्यार्थी हितका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले न्यानो साथ र सहयोगको अपेक्षा गर्दै स्ववियू निर्वाचनमा समर्थन गर्न अपिल पनि गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र १,०४० सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते निर्वाचन हुँदैछ।

प्रतिकृया दिनुहोस्