News Portal

रातारात गर्यो केयुकेएलले थापाथलीमा फुटेको पाइप मर्मत

जनगर्जन संवाददाता२०८१ फाल्गुण २१
८५ पटक

काठमाडौं । थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन रातारात मर्मत भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले बुधबार बिहान ४ बजे फुटेको पाइपलाइन मर्मत गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिएका छन ।

मंगलबार बिहान थापाथली चोकबाट नर्भिक अस्पतालको सडकको बीच भागमा पाइप फुटेर सडक भत्किनुका साथै आसपासका क्षेत्र जलमग्न भएको थियो ।

केयुकेएलले तत्काल पानीको लाइन बन्द गरेकाले केहीवेरमै अवस्था सामान्य बनेको थियो ।

प्रतिकृया दिनुहोस्