News Portal

कसैको दया र मायाले उत्पीडित जातिको मुक्ति सम्भव छैन:- नेकपा प्रवक्ता प्रकाण्ड सी

जनगर्जन संवाददाता२०८१ माघ १२
१६० पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कोही कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव नहुने बताएका छन ।

श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय समितिको सातौं पूर्ण बैठकलाई शनिवार प्रमुख अतिथिको रुपमा सम्धोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव नहुने बताएका छन ।

उनले भने,नेपालका उत्पीडित श्रमिक समुदायहरुले आफ्नो मुक्तिका लागि दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्तिको वर्गसंघर्षसंगै एकाकार हुनुपर्ने बताउदै उत्पीडित वर्ग, समुदाय नै अन्तिमसम्म क्रान्तिकारी बनिरहन सम्भव रहेको दाबी गर्दै आफ्नो मुक्तिका निम्ति उत्पीडित वर्ग समुदायले फेरी पनि दोब्बर मेहेनत गर्न आग्रह गरेका छन ।
‘कसैको दयाले मुक्ति सम्भव हुदैन, लडेर खोसेर अधिकार लिनु पर्छ,उत्पीडित वर्ग समुदायहरु एकताबद्ध हुदै ध्रुवीकरण हुदै एकीकृत जनक्रान्तिको संघर्षमा जुट्नु पर्छ ।’

नेपालमा साम्राज्यवादले नयाँ रवि ल्याउन खोजिरहेको पनि खुलासा गर्दै रविबाट नेपालमा आफ्नो स्वार्थ पूरा नहुने देखेपछि पश्चिमा शक्तिहरुले बालेन जस्ता पात्रहरूलाई अगाडि सारेको जिकिर गरेका छन ।

शुक्रबारदेखि शनिवारसम्म काठमाडौंमा चलेको मोर्चाको बैठकले छैटौं राष्ट्रिय सम्मेलन छिट्टै गर्ने निर्णय गरेको मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले जानकारी दिएका छन ।

देशभर श्रमिक समुदायमाथि भइरहेका विभेदविरुद्ध सशक्त संघर्ष गर्ने, उत्पादनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विभिन्न जातीय संगठनहरुसंग प्रभावकारी सहकार्य गर्ने, वैदेशिक हस्तक्षेप विरुद्धको संघर्षमा सहभागी हुने लगायतका बैठकले निर्णय गरेको मोर्चाले जनाएको छ । बैठक मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा वसेको थियो ।

प्रतिकृया दिनुहोस्