News Portal

नेपाली विशेषताको समाजाद अहिलेको संकटको निकास होः रक्तिम सी

वसन्त वि. क.२०८१ माघ १२
१३६ पटक

१२ माघ,वाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले अहिलेको राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गरेका छन ।

नेकपा कोहलपुर नगरकमिटीको तेस्रो पूर्ण बैठकलाई शनिवार सम्वोधन गर्दै पोलिट व्यूरो सदस्य रक्तिम सीले दलाल पुँजीवादी व्यवस्थाको विकल्प नेपाली विशेषताको समावाद नै भएको ठोकुवा गरेका हुन ।

उनले नेपालको मुख्य समस्या दलाल पुँजीवादको भएको औल्याउदै दलाल पुँजीवाद विरुद्ध विकल्पको रुपमा अघि सारिएको नेपाली विशेषताको समाजवाद नै अग्रगामी निकासको ढोका हुने दावी गरे ।

‘बाँकेलाई समाजवादी क्रान्तिको आधार बनाउनु पर्छ,पार्टीको योजनालाई दृढतापूर्वक लागु गर्नुपर्छ’ पोलिट व्यूरो सदस्य रक्तिमले निर्देशन दिदै भने, त्यसका लागि संगठन विस्तार र क्रियाशिल बनाउदै जनतासम्म नेकपा पुग्नु पर्छ ।’
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कोहलपुर नगरकमिटीका इन्चार्ज नारायण सीले सम्बोधन गर्दै पार्टीलाई जनतातिर फर्काउनु पर्ने बताए ।

उनले विचार विनाको पार्टी र जनता विनाको क्रान्ति सफल हुन कठिन हुने जिकिर गरे ।
केन्द्रीय सदस्य नारायण सीले नेपालको अग्रगाी विचार र नेतृत्व सहितको पार्टी नेकपा मात्र भएको भन्दै नेकपाले उठाएको मुद्धा देश र जनताको मुक्तिसंग जोडिएको बताए ।

बैठकमा पार्टी जिल्लाको सकुर्लर वाचन गर्दै जिल्ला सेक्रेटरी दिपकले पार्टीलाई नयाँ उचाईमा उठाउनुपर्नेमा जोड दिए ।
बैठकले संगठन सुदृढ तथा विस्तार गर्ने, केन्द्र र जिल्ला पार्टीले तय गरेका योजनाहरु सक्रियतापूर्वक कार्यान्वयन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

नगरकमिटी सेक्रेटरी आस्मा सीको अध्यक्षतामा वसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य शोभा सी,पत्रकार वसन्त विक, कालिकोट जिल्लाका जिल्ला पार्टी सदस्य निर्देशन सी,जिल्ला कमिटीका सदस्यहरु तथा नगरकमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्