News Portal

उत्पादन क्रान्ति र चुनावी क्रान्ति संगसंगै लिनुहोस:- विप्लव सी

वसन्त वि. क.२०८१ माघ ६
१२२ पटक

६ माघ,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आर्थिक उत्पादन क्रान्ति र चुनावी क्रान्तिलाई संगसंग लिन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

कर्णाली प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सुर्खेतको वीरेन्द्रनगरमा आईतवार सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले उत्पादन क्रान्ति विना कुनै पनि कम्युििनष्ट पार्टी सफल नहुने उद्घोष गर्नु भयो । उहाँले भन्नु भयो, ‘उत्पादन क्रान्ति जरुरी छ, आगामी वर्षमा तराईका जिल्लामा अढाई सय विगाह जमिनमा धानखेति गर्ने र हिमाली तथा पहाडी जिल्लामा फलफुल खेति गर्ने गरी तयारी गर्न विशेष निर्देशन दिन्छु ।’
‘उत्पादनको काम मात्र होईन हामीले राजनीतिक काम पनि गर्नु पछर्’, महासचिव विप्लवले भन्नु भयो, ‘चुनावी क्रान्तिलाई पनि एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गर्नु पर्छ, सिंगो पार्टी चुनावी तयारीमा लाग्न पनि आग्रह गर्छुु ।’
उहाँले नेपालको मुख्य समस्या दलाल पुँजीवादको भएको भन्दै त्यसको अन्त्यको लागि नेपाली विशेषताको समाजवादमा जानुको विकल्प नभएको बताउनु भयो ।

यसैविच आजै साँझ भएको एक अर्को वुद्धिजीवी संगको कार्यक्रममा महासचिव विप्लवले नेकपाको आर्थिक क्रान्तिमा साथ दिन बुद्धिजीवीहरुलाई आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्