जनगर्जन संवाददाता२०८१ मंसिर ८
काठमाडौँ । नेकपाका महासचिव विप्लव सीले नेपालमा जतिबेला सम्म पुजीवाद हाबी रहन्छ त्यतिबेलासम्म जनताले सास्ती पाउने बताएका छन् । शनिबार नेकपाको ११ औं पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले यस्तो खुलासा गरेका हुन ।
विप्लवले देशमा यो व्यवस्थाले जनताको थाप्लोमा ऋण थप्ने बाहेक अरु केही पनि गर्न नसक्ने जसको कारणले जनताहरु बिदेशिन बाध्य हुने , महँगीले आकाश छुने चर्को ब्याजदरले जनतालाई मर्न बाध्य बनाउने यो व्यबस्थाले नेपाली जनताले सुख नपाउने, नेपालमा विद्यार्थीले राम्रो शिक्षा नपाउने, युवाले राम्रो रोजगारी नपाउने, श्रमिकले राम्रो ज्याला नपाउने बताए ।
विप्लवले यो व्यवस्था अन्त्य गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी संघर्षमा रहेको बताउँदै नेपालमा समाजवाद अबको विकल्प भएको बताए ।