News Portal

  • कालीकोटमा जीप दुर्घटना ६ को मृत्यु घाइतेको सनाखत

    जनगर्जन संवाददाता२०८१ कार्तिक २५
    ८८ पटक

    कालिकोट । कालिकोट जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । जिप भिरबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ

    कालिकोटको पलाँता गाउँपालिका–३ मा भएको जीप दुर्घटनामा परेका ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिएका छन ।

    उनका अनुसार, पलाता गाउँपालिका-६ बस्‍ने पदम बम, पलाता गाउँपालिकाकै भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका-5 का छाया शाही र पलाता गाउँपालिका-३का दमन रोकाया रहेका छन् ।

    यस्तै 13 जना घाइते भएका छन भने घाईतेहरुको पनि सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोट पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदिम शाही, प्रतिक्षा शाही, आशिष रोकाया रहेका छन् । यस्तै भुपेन्द्र रोकाया, तलाता-३ बस्‍ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया तथा ठेगाना नखुलेको चालक धनिराम रावत रहेका छन् भने पलाता गाउँपालिका-५ बस्‍ने दोली विक र आयुशा विक रहेका छन् ।

    घाइते १३ जनालाई उद्दार गरी उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल कालगाउ सुर्खेत पठाइएको छ।

    प्रतिकृया दिनुहोस्