News Portal

  • अतितमुखी होइन भबिस्यमुखी भएर एकताका कुरा गरौं

    जनगर्जन संवाददाता२०८१ आश्विन ३०
    १०७ पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणबीर´ले बर्तमान साम्राज्यवादी विश्व र नेपालको दलाल उत्पादन सम्बन्धले मुलुकमा पैदा गरेको आर्थिक राजनीतिक संकटको सामना गर्न र कम्युनिस्ट जनमतको रक्षा गर्न भबिस्यमुखी भएर अगाडि बढ्ने उदेश्यले कम्युनिस्ट तथा माओवादी एकताको कुरा गर्नुपर्ने टिप्पणी गरेका छन । मङ्गलबार विप्लव र माओबादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच कपिलवस्तुस्थित नेकपा केन्द्रिय कार्यालयमा भएको भेटघाटको सान्दर्भिकताबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्थायी समिति सदस्य रणबीरले देश, जनता, समाजवाद र कम्युनिस्ट आदर्शका लागि अगि बढ्नुपर्ने बताए ।

    केहि दिनअघि घनश्याम भुसाल र पछिल्लो पटक जनार्दन शर्माले महासचिव विप्लवसंग गरेको भेटघाट र एकताबारेको छलफलबारे प्रस्ट्याउदै नेता रणबीरले संकटग्रस्त र असफलताउन्मुख संसदीय दलाल पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था निर्माण गर्न,म र मेरो हैन, हामी र हाम्रो भन्ने जनयुद्धकालीन स्पिड र मान्यताको पुनर्स्थापना र कार्यन्वयनमा गर्न र सरकारी लाभको पद लिइसकेकाले पार्टीको जिम्मा लिइ जनतामा जाने र सरकारी मोर्चाको जिम्मा नयाँलाई विशेषत: युवा र बिज्ञहरूलाई दिने मान्यतामा अगाडि बढ्ने गरि कम्युनिस्ट एकताको प्रक्रियामा अगाडि जानुपर्ने बताए।

    नेपाल कम्युनिस्ट पार्टीले केहि समयअघि नै बिचार मिल्ने पार्टीसङ्ग उपयुक्त समयमा व्यापक छलफल बहससहित एकता गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्र, एकीकृत समाजबादी लगायतका कम्युनिस्ट एवम् माओवादी धाराका पार्टीहरुबीचमा समेत एकता र ध्रवीकरणको बहस छ।

    कम्युनिस्ट पार्टीहरुको एकता बिचार, उदेश्य राजनीतिबीचको समान बुझाईमा आधारित हुन्छ र हुनुपर्छ भन्दै रणबीरले एकले अर्कोलाई उपयोग गर्ने अल्पकालीन सोचाइका आधारमा होइन, एकअर्कोलाई सहयोग गर्ने र देशको संकट समाधानको विकल्प दिने दीर्घकालीन सोचाइमामा आधारित हुनुपर्ने कुरा समेत उनले उल्लेख गरेका छन् ।

    नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकताको नाममा बिचार, उदेश्य, आदर्श नै परित्याग गरेर तत्कालीन फाइदाका लागि एकता गरिहाल्ने र स्वार्थ पूरा हुन नसकेपछि तुरुन्त बिभाजन हुने समस्या एकातिर रहदै आएको छ भने अर्कोतिर फेरिएको बस्तुगत अन्तर्बिरोध र अन्तरबिरोधको पनि फेरिएको प्रधान पहलुलाई समेत बिचार गर्दै एकता, सहकार्य र प्रधान अन्तरबिरोधबिरुद्ध संयुक्त मोर्चा गरेर अगाडि जान नसक्ने रुढीबादी , सिद्धान्तबादी र निराशाबादी प्रवृत्ति रहदै आएको छ।

    अहिले देशमा आर्थिक राजनीतिक संकट निकै डरलाग्दो अवस्थामा छ,पश्चिमाहरु एमसीसीको माध्यमबाट नेपालको आन्तरिक मामलामा खुलेआम प्रवेश गरेका छन्, दलाल पुँजीवाद अहिलेको देशको समस्या र संकटको प्रमुख कारण हो र त्यसको विकल्प नेपाली विशेषताको समाजवाद हो भन्ने निष्कर्ष समाजवादी मोर्चामा आबद्द कम्युनिस्ट पार्टीहरुको छ तर सबैले भन्ने गरेको समाजवादी क्रान्तिको शुरुआत कहाँबाट, कसरी र कसले गर्ने भन्नेबारे अझै थप स्पस्टता र बिमर्शको खाचो देखिन्छ।नेपाली विशेषताको समाजवाद चाहने शक्तिहरुले अहिलेको पुँजीवादी संसदीय व्यवस्थाबाट आफूलाई अलग गर्ने प्रक्रिया र विधि के हुन्छ त्यो महत्त्वपूर्ण सवाल हो।

    संसद, सरकार र विद्यमान संविधान ,कानुनभित्रबाटै नेपालमा समाजवाद आउने हो कि त्यो भन्दा बाहिर सडक र जनताको व्यापक परिचालनसहित दलाल पुजीको चक्रबाट देशलाई उन्मुक्त गर्ने र स्वाधीन अर्थतन्त्र निर्माण गर्दै जनसंघर्षसहितको समाजवादी आन्दोलन निर्माण गर्ने हो? यसबारे समाजवादी मोर्चाभित्रकै पार्टी र नेताहरूमा सहि बुझाइ निर्माण हुन जरुरी देखिएको जानकारहरुको विशेषण छ।

    प्रतिकृया दिनुहोस्