News Portal

  • छाडा चौपाया र अव्यवस्थित सडक पार्किङले सवारी दुर्घटनाको जोखिम

    विष्णु विश्वकर्मा२०८१ आश्विन २२
    ९४ पटक

    कपिलवस्तु  । शिवराज नगरपालिका वार्ड न ८ का वडा अध्यक्ष रिजवान अहमदले प्रथम पटक सुचना प्रकाशित गरी सार्वजनिक मापदण्ड बिपरित रहेका संरचनाहरुलाई हटाउने कामको सुरुवात गरेका छन ।

    उनले वडा कार्यालय लगायत अन्य ठाउँहरुमा ३ दिने सुचना टास गरी अपिल गरेका छन कि,’३ दिन भित्रमा सुचनालाई मध्ये नजर गरी व्यवस्थापन नगरेमा स्वयं वडा कार्यालयले स्थानिय सरकार संचालन ऎन प्रचलित कानुन बमोजिम सामान जफत गरी बाटो खाली गर्नेछ’ ।

    शिवराज नगरपालिकाको वार्ड न ८ बिसुनपुर वडा कार्यालय देखि सहना सिमाना सम्मको क्षेत्रमा छाडा पशु चौपाया छोड्ने ,घरनिर्माणका सामाग्री राख्ने र अव्यवस्थित सवारी साधनहरुको पार्किङका कारण दुर्घटना हुनसक्ने प्रबल समस्या रहेको छ । सो वडा क्षेत्रमा बिहान ७ बजेदेखी ११ बजेसम्म र बेलुकाको समयमा सडकमै पशु चौपायाको भिडले समस्या निम्तिरहेको छ भने घर निर्माणका सामाग्री , सवारीसाधन पार्किङ ,सडक किनारमा गाईगोरु बाध्ने,ब्यापार व्यावसाय गर्ने बाटो नै अबरुद्ध गरी पन्दारा निर्माण गर्ने गर्दा आवतजावतमा धेरै अबरोध देखिएको छ । त्यस्ता क्रियाकलापले धेरै दुर्घटना निम्त्याउने पनि गरेको छ।

    चरनका लागि  नजिकका क्षेत्रमा जथाभावी पशु चौपाया छाड्ने गरेका तथा बेलुकाको समयमा बाटोमा नै पशुचौपाया राखिदिने कारण सो समयमा सवारी चलाउन समस्या हुने गरेको सवारी चालकहरुको गुनासो आएको छ ।

    बिसनपुर क्षेत्रमा आवतजावत गर्ने सवारी चालक तथा केही स्थानियहरुको गुनासो छ , ‘बिहानको ९ बजेपछि त त्यो सडकखण्डमा सवारी चलाउन समस्यै समस्या हुन्छ । यहाँ धेरै पटक भएका दुर्घटना यिनै पशु चौपायाका कारणले हुने गरेका छन भने अर्कोतर्फ सरसफाइ व्यवस्थापनमा पनि असर गरेको छ’। वरिपरि खुल्ला रुपमा गाई,गोरु,भैसी,भेडाबाख्रा बाध्ने गर्दा त्यो बाट उत्पन्न हुने पदूषणले मानिसलाई समेत असर गर्ने गर्दछ र महामारी फैलिने संभावना बढी देखिन्छ ।

    बेलुकाको समयमा पनि ३ देखि ६ बजेसम्म मुख्य सडकमा पशुचौपायाको भीड नै हुने गरेको छ। भने दिनको समयमा बाटोमा नै अन्नबालीहरु सुकाईदिने एकतर्फी बाटो नै ब्लक हुने गरि धान चुट्ने थ्रेसर लगाईदिने घर निर्माणका सामाग्रीहरु राखिदिने कारणले आवतजावतमा समस्या  अनि दुर्घटना हुने गरेको छ ।यो एक दुई बर्ष अगाडी देखीको भने हैन । यो समस्या बर्षौ अघि देखीको समस्या हो । तर यसको नियन्त्रण अझै हुन सकेको छैन । जाडो याममा बाक्लो हुस्सु लागेको बेला थप समस्या हुने र पशु चौपायाकै कारण र सडकमा यत्रतत्र राखिएका निर्माणका सामाग्रीले बढि दुर्घटना हुने संभावना बढी देखिन्छ ।

    एक स्थानीयको जानकारी अनुसार स्थानीयहरुले छाडा चौपाया छोड्ने गरेका कारण दुर्घटना बढेको हो । वडाले पटकपटक छाडा पशुचौपाया नछोड्न निर्देशन दिएपनि अटेर गरेको उनले बताएका छन ।

    प्रतिकृया दिनुहोस्