News Portal

  • गोरखाबाट काठमाडौँ जादै गरेको बस बिचमै हरायाे

    जनगर्जन संवाददाता२०८१ आश्विन १३
    ७६ पटक

    काठमाडौं – गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो ।

    बसमा रहेका यात्रुका आफन्तले खोजी गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । `बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,´ गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले भने, `हामीले पनि खोजी तीव्र पारेका छौँ ।´

    बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।`बसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,´ उनले भने ।

    उनका अनुसार ३ जना गाडीका स्टाफ र एकजना मात्र यात्रु गाडीमा थिए । `धेरै यात्रु थिएनन् गोरखाबाट छुट्दा भन्नुभएको छ । तर बीचबाटोमा चढेको हुन सक्छ,´ उनले अघि थपे, `केही विवरण आयो भने सार्वजनिक होला ।´ बसमा सवार केही यात्रु मुग्लिङमा झरेका थिए ।बसका एक यात्रु सूर्य गुरुङले पनि धेरै यात्रु नभएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्