News Portal

  • दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा राखी अनुसन्धान गरिने

    जनगर्जन संवाददाता२०८१ आश्विन ९
    १०७ पटक

    काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका अभियान्ता दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्ने भएको छ ।

    जिल्ला अदालत काठमाडौले अनुसन्धानका प्रकिया अझै नसकिएको कारण
    अझै केही दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताएका छन ।

    प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित घरबाट ६ असोजमा पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो । प्रहरीले त्यसबेला नै १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र स्वीकृति दिएको थियो ।

    ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले अघिल्लो साता बुधबार अनुमति दिएको थियो ।

    प्रसाईं सहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

    प्रहरीका अनुसार, हाल प्रसाईंविरुद्ध अर्को एक जना पीडितले पनि उजुरी दिएकी छन्

    प्रतिकृया दिनुहोस्