News Portal

  • सहकारी ठगी प्रकरण :- भागेर जाने भएको भए म पहिले नै जान सक्थेँ – पुर्वडिआईजी छविलाल जोशी

    जनगर्जन संवाददाता२०८१ आश्विन ७
    ७५ पटक

    पोखरा । सहकारी ठगी मुद्दामा काठमाडौँको शंखमुलबाट पक्राउ गरेर पोखरा ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालय कास्कीले मंगलबारदेखि मात्रै बयान लिने भएको छ ।

    जोशीले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोप छ । सरकारी वकिल समक्ष प्रहरीले बयान लिने कानुनी व्यवस्था छ ।

    कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले भने ‘अर्को म्याद थप लिने बेलासम्म बयान लिएर जानुपर्छ । प्रहरी र सरकारी वकिलको फुर्सदमा बयान लिइन्छ,। ‘पक्राउ पुर्जी जारी गर्दा लागेको आरोपकै आधारमा बयान चलाउने हो । मुद्दा हेर्दै जाँदा अरू विषय पनि आउन सक्छ ।’अनुसन्धानको आधारमा मात्र बयान लिने हो ।

    जोशीले सोमबार जिल्ला अदालतमा हाजिर गर्दा बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । ‘मलाई जरुरी पक्राउ पुर्जी जारी गरेर ल्यायो । त्यो जरुरी थिएन । भागेर जाने भएको भए पहिलै जान सक्थेँ,’ उनले भनेका छन्, ‘म बाहिरै रहेर पनि अनुसन्धानलाई असर पर्दैन । मेरो पासपोर्ट अदालतले राखे हुन्छ । नभए तारेखमा रहेर मुद्दा लड्न पाउँ ।’

    प्रतिनिधि सभामा गठन भएको संसदीय छानबिन समितिको प्रतिवेदन सरकार मातहत आएपछि मुद्दा चलाउनुपर्ने मान्छेलाई सरकारले नियन्त्रणमा लिएको हो । जोशीले आफू व्यक्तिगत रूपमा दोषी नभएको दाबी गरेका छन् । ‘व्यक्तिगत रूपमा दोषी छैन, सूर्य दर्शनको विवाद हुनुभन्दा पहिले नै म त्यहाँबाट बाहिरिएको छु,’ अदालतमा उनले भनेका थिए, ‘मैले पैसा चलाएको पनि छैन ।’

    प्रतिकृया दिनुहोस्