News Portal

  • कस्तो छ त सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्यको अवस्था ?

    जनगर्जन २०८१ साउन ९
    १८३ पटक

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्यको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ ।

    क्याप्टेन शाक्य अहिले सामान्य कुराकान,बोलचाल गरिरहेका छन् । उनको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी छ । अस्पताल स्रोतले भन्यो, ।

    जहाज काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरी अस्पताल पठाएका थियो । उद्धारको बेला शाक्य रगताम्य अवस्थामा थिए ।

    प्रतिकृया दिनुहोस्