काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले देशव्यापी भैरहेको धान रोपाइँ कार्यलाई समाजवादी क्रान्तिको बीउ रोपेको बताएका छन।
मङ्गलबार बाँकेको खजुरस्थित मनकामनामा नेकपाद्वारा आयोजित धान रोप्ने कार्यको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले उक्त कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले नेकपाले देशैभरी ३ सय विगाह जमिनमा धान रोपेर समाजवादी क्रान्तिलाईको आर्थिक आधार तयार पार्ने अभियानमा जुटेको बताए। “यो हाम्रोधान रोप्ने काम मात्र होइन, यो साजवादी क्रान्तिको विउ रोपेका छौँ”- उनले भने – “गतबर्ष देशैभरी करिब १ सय विगाह क्षेत्रफलमा धान रोेपेका थियौं , तर यो बर्ष हामीले ३ सय विगाह पुर्याएका छौँ, यो हाम्रो समाजवादी क्रान्तिको बलियो आधार हुनेछ ।”
बाँकेको खजुराको मनकामना चोकमा नेकपाको केन्द्रीय उत्पादन विभाग, कर्णाली प्रदेश उत्पादन विभाग र बाँके जिल्ला पार्टीको संयुक्त आयोजनामा करिब ६ विगाह जमिनमा धान रोप्ने काम सुरु गरिएको छ भने आगामी करिब एक हप्ता भित्र धान रोपेर सक्ने नेकपाले जनाएको छ ।