News Portal

डाक्टर बन्ने सपना छोडेरे बङगलादेशबाट काठमाडौं फर्किए नेपाली विद्यार्थी

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार विगतमा स्थलमार्गबाट ८–१० जना आउजाउ हुने गरे पनि केही दिनयता बंगलादेशबाट स्वदेश फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ । कार्यालयका अनुसार साउन ३ गते ६५ जना र ४ गते २५ जना नेपाली बंगलादेशबाट फर्किएको रेकर्ड छ ।

जनगर्जन २०८१ साउन ६
२५८ पटक

काठमाडौं । बंगलादेशमा जारी रहेको आरक्षण कोटा विरोधी आन्दोलनमा प्रभावित भएका नेपाल बाट अध्ययनका लागि बङ्गलादेश गएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् ।

आन्दोलन पछि असुरक्षित महसुस गरेका नेपालि केही विद्यार्थीहरु आजैमात्र काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन् । केही दिन अघिदेखि नै स्थलमार्गबाट पनि नेपालीहरु स्वदेश फर्किने क्रम बढेको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार विगतमा स्थलमार्गबाट ८–१० जना आउजाउ हुने गरे पनि केही दिनयता बंगलादेशबाट स्वदेश फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ । कार्यालयका अनुसार साउन ३ गते ६५ जना र ४ गते २५ जना नेपाली बंगलादेशबाट फर्किएको रेकर्ड छ ।

झापाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी नेपालीहरू स्थलमार्ग हुँदै बंगलादेश आउजाउ गर्दछन् । यसअघि भारतका सञ्चारमाध्यमहरूले केही नेपाली विद्यार्थीहरू भारतको मेघालय हुँदै स्वदेश फर्किरहेको उल्लेख गरेका थिए ।

सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ ।

बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने एकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनेको छ ।

सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।

आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाई तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्