News Portal

  • एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीलाई मोर्चाद्वारा विमानस्थलमा स्वागत

    सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ गोल्ड मेडल सहित 'बेस्ट फाइटर'को अवार्ड जितेकी छिन् ।

    बिर्ख बहादुर नेपालीबिहिवार ,असार १३,२०८१
    १६४ पटक

    काठमाडौं । सातौँ एसिया कपका ‘बेस्ट फाइटर’ लगायत विजयी खेलाडीहरूलाई श्रमिक समुदाय मोर्चा नेपालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

    ‘बेष्ट फाइटर’ रितिका दर्नाल र अन्तर्राष्ट्रिय रेफ्री रमिला तिखत्री साथै सम्पुर्ण खेलाडीहरूलाई मोर्चाले स्वागत गरेको हो ।


    सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ गोल्ड मेडल सहित ‘बेस्ट फाइटर’को अवार्ड जितेकी छिन् ।

    भारतको गोवामा असार ७ गतेदेखि ९ गतेसम्म भएको प्रतियोगितामा ४१ केजी तौल समूहकी गोल्ड मेडल रितिकाले सो अवार्ड जितेकी हुन् ।

    कास्की ,रुपा -५ देउरालीकी १४ वर्षीया रितिका लैनचौरको नर्थ प्वाइन्ट एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छिन् ।

    पुरुषतर्फको ‘बेस्ट फाइटर’ अवार्ड भारतका ६८ केजी तौल समूहका गौरवसिंह मिश्रले जितेका छन् । नेपालका सम्राट परियार (1st), प्रसान्त बस्नेत (1st), मोनिश्री चन्द, ८ वर्ष (1st), ज्ञान ब. श्रेष्ठ (1st, 2nd, 3rd ), विपुल श्रेष्ठ (2nd, 3rd ) लगायत खेलाडीहरूले गोल्ड मेडल र विपिन बिक (६४ केजी) ले कास्य पदक हात पारेका हुन् ।

    नेपालकी अन्तर्राष्ट्रिय रेफ्रि रमिला तिखत्री र Team coach धिरज सुनारसहितको टोली प्रतियोगिताका लागि गोवा गएको थियो । खत्री निर्णायक मण्डल प्रमुख थिइन् ।

    प्रतियोगितामा नेपालबाट काठमाडौँसहित चितवन र दाङबाट पनि टोली सहभागी भएका थिए । राज्यको कुनै पनि निकायबाट उक्त कार्यक्रममा सहभागी भएका छैनन् । राज्य बेखबर जस्तै बसेको छ ।

    प्रतिकृया दिनुहोस्