News Portal

हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु

जनगर्जन संवाददाता२०८१ जेठ २२
४५४ पटक

सोमबार साँझ हावाहुरीले रुख ढल्दा टिकापुर नगरपालिका – १ बिशालनगरका अन्दाजी ६०–७० वर्षीय श्रीदल पुरीको मृत्यु भएको हो ।

धनगढी / कैलालीमा हावाहुरीको कारण रुख ढल्दा एक जनाको मृत्यु भएको छ ।

एक्कासि सोमबार साँझ आएको हावाहुरीले रुख ढल्दा टिकापुर नगरपालिका – १ बिशालनगरका अन्दाजी ६०–७० वर्षीय श्रीदल पुरीको मृत्यु भएको हो ।

आफ्नै टिनले छाएको कच्ची घरमा सुतिरहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्