News Portal

बिरालोले टोकेर सुइ लगाउन पुगेकी महिलाको मृत्यु

बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल पुगेकी ४० बर्सिया सीता डंगौराको मृत्यु

जनगर्जन २०८० चैत्र २२
१६७ पटक

२२ चैत,धनगढी । बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ ।

कैलालीको धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको सुई लगाएपछि मृत्यु भएको आफन्तले बताएका छन । आफन्त मनीषा चौधरीका अनुसार सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन । दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानिरहेका छैनन् ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्