News Portal

  • शिवगढीमा महायज्ञ सम्पन्न

    जनगर्जन संवाददाता२०८० माघ २२
    ३२६ पटक
    1. कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न: ९ को चुरेपर्वतमा अवस्थित शिवगढी मन्दिर , मन्दिर मात्रै नभएर अग्रेजयुद्ध ताकाको ऐतिहासिक किल्ला समेत रहेको हुँदा भौतिक एवं पुरातात्विक हिसावले महत्वपूर्ण रहेको प्रष्ट छ। तसर्थ यसप्रकारका पर्यटकिय हिसाबले महत्वपूर्ण समपदाको संरक्षकको रुपमा रहेको शिवगढी प्रर्यटन बिकास संस्थाले धार्मिक तथा ऐतिहासिक शक्तिपिठ एवं किल्ला प्रवेशको मुलद्वार रमुवादहको पूर्वाधार विकासको मुल उदेश्यसहित संस्थाका अध्यक्ष मालबहादुर धर्तीको अध्यक्षतामा माघ १३ गतेबाट २० गतेसम्म बृहत् ज्ञान महायज्ञ संचालन गरेको थियो।
      बृहत सप्ताहव्यापी ज्ञान महायज्ञबाट
      लगभग २७ लाख बराबरको आर्थिक संकलन गर्न सकिएको माहायज्ञ प्रचार प्रसार एवं संचार प्रवक्ता बिक्रम केसीले जानकारी गराउनु भएको छ।साथसाथै यसको सम्पूर्ण आय ब्याय सहितको आम्दानी खर्च आगामी आइतबारसम्म सार्वजनिक गरिने समेत उहाँले जानकारी गराउनुभएको छ।
    प्रतिकृया दिनुहोस्