News Portal

  • नेपाल कम्युनिस्ट पार्टी बागलुङ द्वारा सहिद दिल्ली प्रसाद सापकोटा (क,पुकार) को सम्झनामा सहिद स्मृति कार्यक्रम सम्पन्न

    जनगर्जन संवाददाता
    १२४ पटक

    नेपाल कम्युनिस्ट पार्टी बागलुङ द्वारा सहिद दिल्ली प्रसाद सापकोटा (क,पुकार) को सम्झनामा सहिद स्मृति कार्यक्रम सम्पन्न माघ 26 बागलुङ शहिदहरुले देशप्रती पुराएको योगदानको कदर गरौं भन्ने मुलनारा का साथ नेपाल कम्युनिस्ट पार्टी बागलुङले आज बागलुङ बजारमा शहिद दिल्ली प्रसाद( क,पुकार ) को सम्झनामा शहिद स्मृति कार्यक्रम समपन्न गरेको छ। कार्यक्रममा जनयुद्धकाल को समयमा राज्य द्वारा मारिएका र बेपत्ता भएको ब्यक्तिलाई हामीले यत्तिकै बिर्सनु हुदैन। उनिहरुले पुर्याएको योगदानको कदर गर्नु पर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि धौलागिरी ब्युरोको इन्चार्ज विकिरण सि ले बताए। त्यस्तै सहिद दिल्ली प्रसाद सापकोटा को श्रीमती सरस्वती सापकोटा ले भाबुक हुँदै भनिन् , मेरो श्रीमान सहिद भएको यत्रो समयसम्म कहिकसैले मेरो श्रीमानको समझना मा यस्तो कार्यक्रमको आयोजना गरेको थिएन ।आज आएर नेपाल कम्युनिस्ट पार्टी बागलुङले सहिद प्रतीको सम्झनामा कार्यक्रम गर्दा खुशी लाएको बताइन् । उनले भनिन देशले परिबर्तन भेटाउला र देश बिकासमा जाला भनि नेपाली जनता ले खुशी भेटाउलान भन्दै, मेरो श्रीमान जस्ता थुप्रै ब्यक्तीहरु ले सहादत्त प्राप्त गरे , नेपाली जनताले सुख समृद्धि पाउलान् भने आशाथियो तर पुरा हुन न सकेको बताइन साथै बेपत्ता परिवारका यशोधा शर्माले बिगतको कुरालाइ सम्झदै मेरो श्रीमानले मलाई ब्राह दिनको सुत्केरी छोडेर नेपाली जनता को खुशी भेटिन्छ कि भनेर युद्ध लडन जानू भएको थियो ।जस्ले युद्ध गर्न पठायो उ सुख भोग मै रमाएर बसेको छ ।तर मेरो श्रीमान कहाँ छ कस्तो छ , कुनै वास्ता नगरेको बताइन् ।र उनले भनिन् जनयुद्ध लडेका सबै माओबादिहरु एकै ठाउँमा भएर अब को क्रान्ति संगै लडन सोच्नु पर्ने देखिएको छ । कार्यक्रममा बिध्यामन्दिर उच्च माबीका अध्यक्ष बाबुलाल शाक्य सोहि बिधालयका प्रह सान्तमणि ढकाल पत्रकार मुकेश राजभण्डारी , निर्मल श्रेष्ठ ,प्रेम नारायण शर्मा , समाजसेबि बद्री प्रसाद शर्मा, विश्वनाथ रेग्मी , तिलक रिजाल ,समेतले मन्तव्य राखेको थिए । – कार्यक्रम प्रसिद्ध सि को स्वागत मन्तव्य र धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सि को प्रमुख आतिथ्य , जिल्ला इन्चार्ज आकाश सि को अध्यक्षता तथा कार्यक्रम को सन्चालन नेपाल कम्युनिस्ट पार्टी बागलुङ को डिसियस क्रान्ति ले सन्चालन गरेको थिए।

    प्रतिकृया दिनुहोस्