भक्तपुर, मंसिर ६
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता कायम राख्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अहिले साँझ ९ बजे सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार थापाले १८ हजार २६१ मत प्राप्त गर्नुभएको छ ।
उहाँ निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतको १७ हजार ४२३ मत रहेको छ । थापा बस्नेत भन्दा ८५८ मतले अघि रहेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो ।
त्यसैगरी नेमकिपाका अनुराधा थापामगर ४४६८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३०९१ मतका साथ चौंथो र राप्रपाका मोहन केसी १८४६ मतका साथ पाँचौं स्थानमा छन ।
भक्तपुर २ मा ६५ हजार ९१९ मत खसेको थियो । यहाँ ४८ हजार १६० मत गणना भएको छ । भक्तपुर २ मा हालसम्म एक हजार ५३७ मत बदर भएको पराजुलीले बताउनुभयो
भक्तपुर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाको अग्रता कायम
जनगर्जन संवाददाता
- श्रमिक दिवस यसरी मनाउदै छन महासचिव विप्लव सी
- आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदै
- नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
- कीर्तिपुरमा बस दुर्घटना, एकको मृत्यु ३ घाइते
- अग्नी पीडितलाई गास बासको व्यवस्था गर्न युवा संगठनको माग
- ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते