News Portal

सहिद स्मृति विधागत साँस्कृतिक प्रशिक्षण कार्यक्रम सम्पन

जनगर्जन संवाददाता
५२९ पटक

ललितपुर । अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत केन्द्रीय सामना परिवारले आयोजना गरेको सहिद स्मृति विधागत साँस्कृतिक प्रशिक्षण कार्यक्रम सम्पन भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला ईन्चार्ज हितमान, पार्टी केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज आस्था, अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव कुशल बोगटी, युवा सगठन नेपाल महासचिव विधुसी , स्कुल विभागका सदस्य विपिन , ललितपुर जिल्ला पार्टी सेक्रेटरी ललित लगाएत अन्य अथितिहरुको उपस्थिति रहेको थियो ।

विभिन्न विधाका गुरुहरुलाई सम्मान गरिएको थियोे । कार्यक्रमको संञ्चालन सामना परिवारका सचिवालय सदस्य लक्षमणले गर्नु भएको थियो भने कार्यक्रमको सभापति सामना परिवार संयोजक आरोहले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्