News Portal

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दिए राजीनामा

जनगर्जन संवाददाता
५१९ पटक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्। आइतबार साँझ राजीनामा दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउनेहरू आफ्नो निगरानीमा परेको दाबी गरे ।

उनले शुक्रबार पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घन्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका थिए ।

उनले भने “राजीनामा पत्र पार्टीलाई दिइसकेको छु। पार्टीले नै सांसद र मन्त्री बनाउने र फिर्ता पनि बोलाउन सक्ने भएकोले पार्टी निर्णय स्वीकार्य छ। नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनोको बक्यौता असुल, हवाई जहाज तथा हेलिकोप्टरलाई संघीय संरचनाअनुसार स्थानान्तरण लगायतको कारबाही गर्दा अदृष्य शक्ति केन्द्रबाट दर्जनौँपटक दबाब र थुप्रै प्रलोभन पनि आए ।”

उनले करिब ९ महिने कार्यकालमा आफू ९० प्रतिशत सफल भएको समेत दाबी गरे ।

प्रतिकृया दिनुहोस्