News Portal

समाजवादमा पुग्न कम्युनिष्टहरुको रुपान्तरण सहित सुदृढिकरण चाहिन्छः विप्लव सी

कर्ण विश्वकर्मा२०८२ साउन ७
७४ पटक

६ साउन, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादमा पुग्न नेपालका कम्युनिष्टहरुको रुपान्तरण सहित सुदृढिकरण जरुरी भएको बताउनु भएको छ ।

मंगलवार काठमाडौमा भएको ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका महासचिव विप्लव सीले समाजवादमा पुग्न नेपालका कम्युनिष्टहरुको रुपान्तरण सहित सुदृढिकरण जरुरी भएको बताउनु भएको हो ।
उहाँले नेपालमा दलाल पुँजीवाद रहदासम्म शान्ति कायम नहुने जिकिर गर्दै नेपालका कम्युनिष्टहरुको सू–स्पष्ट समाजवादको मार्गचित्र सहित रुपान्तरण र सुदृढिकरण सहितको धुव्रीकरण आवश्यक भएको बताउनु भयो ।
‘हामी यो संविधानको सति जाने होईन, राम्रा कुरा मान्दै समाजवादमा जानुपर्छ’ महासचिव विप्लव सीले भन्नु भयो, ‘कम्युनिष्टहरु रुपान्तरण हुन जरुरी छ, रुपान्तरण र सुदृढिकरण आवश्यक छ, सू–स्पष्ट समाजवादको मार्ग चित्र चाहिन्छ । जसले समाजवादी व्यवस्थासम्म नेपाललाई पुर्याउन सक्छ र देशको वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गर्न सक्छ । नेपालमा राष्ट्रपतिको चुनाव गरेर मात्र स्थिरता हुदैन ।’
महासचिव विप्लवले नेपालमा सबै कम्युनिष्ट पार्टीहरु एउटै नभएको स्पष्ट पार्दै नेकपा अरु भन्दा फरक पार्टी भएको दाबी गर्नु भयो ।
उहाँले कित जनयुद्धबाट मात्र समाजवाद आउछ, कित चुनावी बाटोबाट मात्र समाजवाद आउछ भन्ने कुरा दुवै गलत भएको टिप्पणी गर्दै माक्र्सवादको आधारभूत कुरा नछोडेर माक्र्सवादमा थप विकास गरी समाजवादी क्रान्तिको सू–स्पष्ट मार्ग बनाउनु पर्ने धारणा राख्नु भयो ।
महासचिव विप्लवले आगामी चुनावमा नेकपा सहभागी हुन लागेको खुलासा गर्दै जनतालाई एकपटक नेकपालाई जिताउन अपिल गर्नु भयो ।
उहाँले केपी ओली नेतृत्वको सरकार खोजी खोजी ३ बुँदे सहमति गर्न नेकपासंग गएको भन्दै सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरी वेईमानी गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘केपी जी ३ बुँदे लागु गर्नु भएको छैन, हामी खोज्दै आएको होईन, राज्य खोज्दै ३ बुँदे गर्न आएको हो । यो कार्यान्वयन गर्नु होस । हामी चुनावमा पनि जाने हो ।’
‘नेकपालाई नै जिताउनु होस् हामी उस्तै होईन । दलालहरुको ठाउँमा जनताको सत्ता चलाएर देखाउन चाहान्छौ’ महासचिव विप्लवले भन्नु भयो ।
कार्यक्रममा पुष्पलालप्रति सम्मान गर्दै पुष्पलालले विश्लेषण गरेको वरिपरि अहिले पनि कम्युनिष्ट आन्दोलन पुगेको भन्दै महासचिव विप्लवले कम्युनिष्टहरुले पुष्पलालको स्प्रिडमा देशलाई अगाडि बढाउन आँट गर्नु पर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्