News Portal

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक केही बेरमै बस्दै

जनगर्जन संवाददाता२०८२ आषाढ १३
२२ पटक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) 2080 को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले आज बाह्रखरीसँग कुराकानी गर्दै भने, “एसईई नतिजाको अन्तिम तयारी पूरा भएको छ। साढे १२ बजे बोर्ड बैठक बोलाइएको थियो। अबको केही बेरमा बैठक बस्दै छ।”

बोर्डको बैठक बसेपछि औपचारिक निर्णय गरी नतिजा सार्वजनिक गरिने अर्यालले बताए। उनले नतिजा अब केही घण्टाभित्रै सार्वजनिक हुने संकेत गरेका छन्।

यसपटक देशभरबाट करिब ५ लाख विद्यार्थीले एसईई परीक्षा दिएका थिए। परीक्षा गत चैतमा सञ्चालन गरिएको थियो।

बोर्ड बैठकले निर्णय गरेलगत्तै नतिजा बोर्डको वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत सार्वजनिक गरिने छ।

प्रतिकृया दिनुहोस्