News Portal

संसद भवनमा गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल

जनगर्जन संवाददाता२०८२ जेठ २१
३४ पटक

काठमाडौ । संसदको बैठक अवरुद्ध भइरहेका बेलामा गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बीच छलफल भएको छ। माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामा मागेर संसदमा अवरोध जारी राखेको छ, जबकि गृहमन्त्री लेखकले भने राजीनामा नदिने अडान लिएका छन्। उनले सदनमा आफ्नो मत राख्न पाउनुपर्ने अडान पनि प्रस्तुत गरेका छन्।

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक ३ बजेसम्म पनि सुरु हुन सकेको छैन। बैठक सुचारु गर्नको लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए, तर सो छलफलमा सदनको अवरोध हटाउने विषयमा सहमति बन्न सकेन।

यसै सन्दर्भमा गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बीच छलफल भएको हो। उक्त छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कापनि उपस्थित थिए।

सदनको अवरोधलाई समाधान गर्नका लागि अझै छलफल र सहमति आवश्यक रहेको देखिन्छ।

प्रतिकृया दिनुहोस्