News Portal

राजतन्त्रको भय देखाएर आफ्नो भ्रष्टाचार लुकाउन खोजीदैछ -विप्लव सी

जनगर्जन संवाददाता२०८२ बैशाख ९
३८ पटक

काठमाडौ  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक बिप्लवले सरकार र संसदवादीहरुले राजतन्त्रको भय देखाएर आफ्नो भ्रष्टाचार लुकाउन खोजेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ५६ औं बर्ष एवम् लेनिन जयन्तीको अवसरमा मङ्गलबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यथास्थितिमा देश अगि बढ्न नसक्ने बताए ।

“राजासाजा कोहि पनि आउदैन, सरकार र संसदवादी पार्टीहरुले आफ्नो अर्बौं भ्रष्टाचार र रास्ट्रघात लुकाउने बहाना हो”- उनले भने-” देश आर्थिक राजनीति संकटमा छ त्यसको अग्रगामी निकास भनेको समाजवादी गणतन्त्र हो,सरकार परिवर्तन होइन ।

” विद्यमान संकट समाधानमा हारेको प्रतिगामी शक्तिले राजतन्त्र र हिन्दू रास्ट्रलाई निकासको बाटो भन्छ, ससदवादीहरु यथास्थितिद्वारा सत्ता र शक्ति जोगाउन खोज्दैछन् भने हामीहरु अग्रगामी परिवर्तन र समाजवादी आर्थिक राजनीतिक कार्यक्रम बाहेक अरु विकल्प छैन भन्छौं” विप्लवले भने।

मन्तव्यको क्रममा उनले प्रधानमन्त्री ओलीले शिक्षकहरुको हुर्मत लिने काम गरेको भन्दै सरकार गैरजिम्मेवार र अमानवीय भएको बताए । उनले सरकार हदै दर्जाको गैरजिम्मेवार किन भएको भन्दै शिक्षक आन्दोलन तीन करोड जनताको सरोकारसङ्ग जोडिएको बिषय भएको बताए ।

शिक्षकहरुका जायज माग सम्बोधन गर्नुको सट्टा हुर्मत लिने,भ्रष्टाचार लुकाउने,सार्वजनिक शिक्षा अस्तव्यस्त बनाउने तर निजी स्कुलहरु धमाधम चलिरहेको भन्दै सरकार भ्रष्टाचार र कुशासनमा डुबेको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्