News Portal

स्ववियु निर्वाचनमा क्रान्तिकारी र संसदीयवादी संगठनबारे अखिल समाजवादीका महासचिव प्रकाश सीको धारणा

यो स्ववियु निर्वाचन कमिसनमा देश चलाउने कमिसनमा पार्टी चलाउने कमिसनमा आफू चल्ने प्रवृत्ति र श्रम र श्रर्मिकविचारद्वारा पार्टी संगठन देश चलाउने क्रान्तिकारी र संसदवादी बीचको प्रतिस्पर्धा बनेको छ ।

जनगर्जन संवाददाता२०८१ चैत्र २
२४२ पटक

२०८१ फागुन ३, काठमाडौं । स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीति फेरि चर्को बहसको केन्द्रमा आएको छ। यसै क्रममा अखिल (समाजवादी) का महासचिव प्रकाश सीले क्रान्तिकारी र संसदीयवादी संगठनहरूको विशेषताबारे आफ्नो धारणा व्यक्त गरेका छन्।

उनका अनुसार, क्रान्तिकारी संगठनहरू विद्यार्थी राजनीति स्वच्छ, निष्पक्ष, र वैचारिकरूपमा परिपक्व बनाउन प्रतिबद्ध हुन्छन्। “क्रान्तिकारी संगठनहरूले आन्तरिक संगठनलाई सुदृढ, गतिशील, र अनुशासित बनाउने प्रयास गर्छन्। समाजको मनोविज्ञान र विद्यार्थीहरूको भावना अध्ययन गरी नयाँ निष्कर्ष निकाल्दै, अभिभावकहरूसँग छलफल गर्दै अघि बढ्नु क्रान्तिकारी संगठनको विशेषता हो,” प्रकाश सी भन्छन्। साथै, उनले क्रान्तिकारी संगठनहरूले स्ववियु निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउने, विद्यार्थीलाई राजनीति बुझ्ने अवसर दिने, र लोकतान्त्रिक चेतनाको विकास गर्ने उद्देश्य राख्ने बताए।

तर, संसदीयवादी संगठनहरू ले विद्यार्थी राजनीतिलाई सत्ता प्राप्तिको साधनका रूपमा प्रयोग गर्ने गरेको उनले आरोप लगाए। “उनीहरू आन्तरिक संगठनमै अस्वस्थ प्रतिस्पर्धा गर्छन्, साथीभाइलाई नै ढाँट्ने र अरुको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखिन्छ,” महासचिव प्रकाश सीले भने, संसदीयवादी संगठनहरूले क्याम्पसका विद्यार्थी तथा अभिभावकहरूसँग छलफल नगर्ने, भ्रष्टाचारको पैसा प्रयोग गर्ने, र चुनाव प्रभावित गर्न आर्थिक प्रलोभन देखाउने प्रवृत्ति रहेको उनले बताए। “यी संगठनहरू आफूले जित्ने ठाउँमा मात्र निर्वाचन गराउन चाहन्छन्, अरुले जित्ने सम्भावना भएका ठाउँमा ताला लगाउने प्रवृत्ति अपनाउँछन्,” उनले थपे।

महासचिव प्रकाश सीले स्ववियु निर्वाचनलाई विद्यार्थीहरूको हकहित सुनिश्चित गर्ने अवसरका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। “स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पाटो हो। यसलाई स्वच्छ, निष्पक्ष, र पारदर्शी बनाउन विद्यार्थी स्वयं जागरूक हुनुपर्छ,” उनले भने।

स्ववियु निर्वाचनलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा प्रकाश सी को जोड छ। विद्यार्थीहरूबीच संगठनहरूको नीति र कार्यशैलीबारे व्यापक बहस चलिरहेको बेला, निष्पक्ष निर्वाचन गराउन क्याम्पस प्रशासन, विद्यार्थी संगठन, र सरोकारवाला निकायले समान जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्